६ माघ २०७८, बिहीबार
समाचार

निजी क्षेत्रको १२ अर्ब लगानीमा ७३ मेगावाटको मध्य तमोरको कामले लिग्यो

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १५:२१


madhya-tamor

ताप्लेजुङ। ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्मुत आयोजनाको निर्माण कार्यले तीव्र गती लिएको छ।

आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानिमा हाइड्रो एण्ड इञ्जिनियरङि प्रा.लि.का अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघिबाट निर्माण थालिएको हो।

निर्माण शुरु भएको छोटो अवधीमा नै २७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ।
आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण अघि बढेको छ।
आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा. मणिराज पोखरेलले बताए।

नेपाली इञ्जिनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए।
कूल १२ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत सात वटा बैंकको ऋण लगानी हुने छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा