६ माघ २०७८, बिहीबार

राजपाले विधान सच्चाएपछि महाधिवेशन गर्ने समय सर्यो

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १५:१९


काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले पार्टीको महाधिवेशन गर्ने समय दुई वर्षबाट बढाएर तीन वर्ष पुर्याएको छ ।

पार्टी कार्यालय बबरमहलमा गत बिहीबारदेखि बसेको पार्टी केन्द्रीय अध्यक्ष मण्डलको बैठकले आफ्नो विधानमा संशोधन गर्दै उक्त निर्णय गरेको हो ।

विधानको ‘धारा ३१ ९१०० मा यस अघि पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिने छ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्ष भित्र गरिने भनिएको छ ।’

राजपाले विज्ञप्ति जारी गर्दै पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्राबधान अनुसार सोमबार ‘जेठ ६ गते’देखि लागु हुने गरी अनिलकुमार झा राजपा नेपालको संयोजक हुने निर्णयसमेत गरेको जनाएको छ ।

 यस्तो छ विज्ञप्ति:


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा