११ आश्विन २०७८, सोमबार
समाज

प्रेस युनियनद्वारा तीन पुरस्कार घोषणा

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १५:४५


पत्रकारमाथि दुव्र्यवहारमा संलग्नलाई कारवाही गर्नुपर्ने माग

मोरङ । नेपाल प्रेस युनियन मोरङ शाखाले पत्रकारितासँग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ ।

युनियनको हालै बसेको बैठकले पुरस्कार पत्रकारितामा सत्रिय न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शङ्कर खरेललाई रमाप्रसाद–मायादेव रिजाल, कान्तिपुर दैनिकका प्रदेश १ संयोजक माधव घिमिरेलाई शैलजा आचार्य स्मृति र न्यूज २४ टेलिभिजनकी प्रदेश ब्यूरो प्रमुख तारा आचार्यलाई शैलजा आचार्य स्मृति पत्रकार महिला पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको युनियनका सभापति कुमार लुइँटेलले जानकारी दिएका छन् ।

पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रमाणपत्र रहेको छ । पुरस्कार युनियनको स्थापना दिवसको दिन जेठ १३ गते प्रदान गरिने अध्यक्ष लुइँटेलले जानकारी दिए


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा