कारवाहीमा परे पन्ध्र हजार सवारी साधन
Advertisement

काठमाडौँ । मोटरसाइकलको पछाडि बस्नेले पनि अब हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् र दुर्घटनाबाट हुने क्षति न्यूनीकरण होस् भन्नका लागि यसतो व्यवस्था गर्न लागेको जानकारी दिए ।
नयाँ आउने सवारी ऐनमा यस्तो प्रावधान राख्न लागिएको पन्तले जानकारी दिए । हेल्मेट गुणस्तर चिह्नयुक्त प्रयोग गर्नुपर्ने नियममा उल्लेख छ ।

Advertisement

त्यस्तै उनले सवारी चालकहरु कारवाही परेपछि तिर्नुपर्ने जरिवाना रकम अनलाइनबाट तिर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनका अनुसार अब मोबाइलबाटै जरिवाना तिर्न सकिने प्रणालीको विकास गर्ने उनको भनाइ थियो ।

Advertisement