नेप्से १.८७ अंकले घट्यो, कारोबार रकम एक अर्ब
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार २२:१२:४१
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.८७ अंकले घटेको छ ।
नेप्से घटेपनि सेयर बजारमा उत्साह भने कम भएको छैन । यस दिन बजारमा १ अर्ब ९ करोड ३ लाख ४८ हजार २ सय २५ रुपैयाँका सेयर किनबेच भएका छन् ।
यसबीच १ सय ७२ कम्पनीका ३२ लाख ८१ हजार १ सय १६ कित्ता सेयर कारोबार भए ।
कारोबारमा आएका १२ उपसूचकमध्ये छ वटा समूह उकालो लागेका छन् भने बाँकी छ समूह नै ओरालो लागेका छन् ।
बढ्नेमा उत्पादनमूलक समूह सर्वाधिक १००.६५ र विकास बैंक ८.८२ अंकले उकालो लागे भने घट्नेमा निर्जीवन बीमा सर्वाधिक ५९.७५ अंकले ओरालो लाग्यो ।
आइतबार बजारमा कारोबारमा आएका सबै कम्पनीमध्ये नेपाल बैंक लिमिटेडको कारोबार सबैभन्दा धेरै भयो ।
बैंकको २२ करोड ६८ लाख १९ हजार १ सय ४७ रुपैयाँको सेयर कारोबार भयो । शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।
यस दिन कम्पनीको सेयर ९ दशमलव ९७ प्रतिशत कायम भएको छ । यस दिन विशालबजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ५ दशमलव ७८ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार