११ आश्विन २०७८, सोमबार

‘हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर’

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १८:४७


काठमाडौं । विभिन्न धार्मिक संघरसंस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् । सहभागीहरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिकासम्म ‍¥याली पनि निकालेका थिए ।

‍¥यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड प्रदर्शन गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा