३१ भाद्र २०७८, बिहीबार
राजनीति

मुख्यमन्त्री राउतले गरे एनआईसी एशियालाई घुमाउरो प्रश्न

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार २०:०७


lalbabu-raut-nic-asia

काठमाडौं । प्रदेश नं २ को व्यापारिक केन्द्र जनकपुरको पिडारी चोकमा एनआईसी एशिया बैंकले शाखा खोलेको छ । सो शाखाको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् । शाखा उद्घाटनकै क्रममा उनले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन नसकिरहेको बारे प्रश्न गरेका छन् । बैंकहरु शाखा विस्तारमा आक्रामक रुपमा अगाडी बढीरहेका बेला उनको यो प्रश्नले बैंकहरुलाई चुनौती थपेको छ । उनले अहिले बैंकहरु शाखा विस्तार र निक्षेप संकलनमा मात्र ध्यान दिईरहेको र यसका लागि धाउने गरेको बताए ।

यसैबीच उनले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी ढंगले अगाडि बढेको उल्लेख गरेका छन् । पछिल्ला समय बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा मानवहितका निमित्त उदाहरणीय सहयोग पुर्याउँदै आएको बताए ।

अहिलेको लगानी अनुउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको प्राथमिकताअनुसार कृषि, रोजगारलागयत क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमलाई प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्र खर्च गर्न आग्रह गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा