८ आश्विन २०७८, शुक्रबार

स्पेनिस ला लिगा फुटबल : रियल म्याड्रिड पराजित

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार २२:५८


एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा पनि रियल म्याड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा आइतबार बेलुका भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग २—० गोलले पराजित भएको हो । जारी सिजन खराव नतिजाबाट गुज्रिएको रियलले अन्तिम खेलमा पनि उही नियती भोग्यो ।

रियललाई घरमा हार चखाउन बेटिसका लोरेन मोरोन र जेसेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

बेटिसका मोरोनले ६१औं मिनेटमा खाता खोले । दोस्रो गोल जेसेले ७५औं मिनेटमा दोस्रो गोल गरेका थिए । पहिलो हाफमा औसत खेल खेलेको रियल दोस्रो हाफमा दबाबमा परेको थियो ।

हारसँगै रियलले तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । रियलले ३८ खेलबाट ६८ अंक बनाएको छ । दशौं स्थानमा रहेको बेटिसले ५० अंक बनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा