१३ माघ २०७८, बिहीबार

भन्सार अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार २३:०७


काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

भन्सार अधिकृत श्रेष्ठ, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी बसन्त कुमार सुवेदी, भन्सार एजेण्ट दिनेश कुमार बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता र वीरेन्द्र गुप्ता, हिमालयन कार्गोकी सञ्चालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोका लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुल कुमार गुप्ताले विरुद्ध मुद्दा दर्ता भएको हो ।

वनवोरी माता ट्रेडर्सको स्किम्ड मिल्क पाउडर ४ सय ब्याग समान उल्लेख गरी झुट्टा प्रज्ञापन पत्र बनाएर २० लाख २४ हजार १ सय ४१ रुपैयाँ राजश्व छलेको उनीहरुमाथि आरोप लागेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा