८ माघ २०७८, शनिबार
समाज

गर्मी बढेसंगै तातो हावाका कारण तराईको दैनिकी जनजीवन प्रभावित !

पहाडी भेगमा मेघ गर्जनसहित क्षणिक वर्षा

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार ०९:१२


काठमाडौं । गर्मी बढेसंगै तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको छ ।

गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत निस्कन सकेका छैनन् ।

उनीहरुले आफुलाई चाहिने सामानको जोहो बिहान र बेलुकाको समयमा गर्ने गरेका छन् । ४र५ दिन यता पानी नपरेका कारण गर्मी झनै बढेको छ ।

आइतबार नेपालगन्जको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै धनगढीको ४० डिग्री सेल्सियस, जनकपुरको ३९ दशमलव २ डिग्री सेल्सियस, बिराटनगरको ३६ दशमलव २, भैरहवाको ३८ दशमलव ८ डिग्री सेल्सियस र धरानको ३४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यस्तै तराईका क्षेत्रमा मात्र नभई देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । यसैबीच सोमबार बेलुका देशको पहाडी भेगमा बद्ली भई मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशको अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने मौसमविद् बरुण पौडेलले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा