गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली
इन्द्र रिजाल
जेठ ६, २०७६ सोमबार १७:३५:१५
स्याङ्गजा । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो ।
चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको स्थानीय सन्तबहादुर रानाले बताए ।
“गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या थियाे”, स्थानीय रानाले भने, “बिजुली गाउँमा आएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्मुतिय सामग्री चलाउने गरिएको छ ।”
चापाकोट नगरपालिकाकै अति विकटमध्येको गहते, टाङ्ले र कोकमाडीमा मगर समुदायको बसोबास रहेको छ । बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा नेपाल विद्मुत प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो ।
झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने साथै शहर बजारबाट आउने आफ्ना आफन्त, इष्टमित्रलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुशियाली छाएको स्थानीय रानाले बताए ।
दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग विद्मुतिकरण रहेको चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरीले बताए ।
“निर्वाचनका बेला त्यहाँका स्थानीयले राखेको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो”, नगर प्रमुख गिरिले भने, “गत वर्ष विजयादशमीका समयमा यो वडाका गढभञ्ज्याङ, जालिमडाँडा, कोलङ, सामाकोट, पँधेरामा विद्मुतिकरण गरिएको र यसपटक वडामा बाँकी रहेका ३५ घरधुरीलाई विद्मुत सेवा उपलब्ध गराएका छौँ ।”
गाउँमा बिजुली आउने भएपछि स्थानीयले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने कार्यमा सघाएका थिए । स्थानीय वडावासी र नेपाल विद्मुत प्राधिकरण स्याङ्जा वितरण शाखाले निरन्तररुपमा कार्यलाई तीव्रता दिएसँगै समयमै कार्य सम्पन्न भएको वडाध्यक्ष एकदेव भट्टराईले बताए।
यो ठाउँमा पहिले नै बिजुली पुग्नुपर्ने भए पनि अहिलेसम्म बिजुली नपुग्नु दुःखद् रहेको नेपाल विद्मुत प्राधिकरण स्याङ्जा शाखाका प्रमुख सुनिल सापकोटाले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार