७ आश्विन २०७८, बिहीबार
समाचार

कर नतिरेकाे पप्पु कन्स्ट्रक्सन , निलम्बित सांसद रौनियारको नाममा कर कार्यालयको सूचना

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १२:१२


papuconstruction

काठमाडौं। मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले समयमै कर नबुझाउने २६ कम्पनी तथा फर्ममाथि कारबाही अघि बढाएको छ।

समयमै कर नतिरी बक्यौता राख्ने ती फर्ममाथि कारबाही प्रक्रिया अघि बढाउन लागिएको कार्यनलय प्रमुख सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए।‘‘सात दिनको समय दिएका छौँ, यो समयावधि अटेर गरे बैंक खाता रोक्कादेखि सम्पत्ती रोक्कासम्मको कारबाही अघि बढाउछौँ,’ उनले भने।

कार्यालयले करिब करोड रुपैयाँ करबक्यौता राख्ने कम्पनी तथा फर्मको नाममा सार्वजनिक सूचना प्रकाशन गरेको छ।

निलम्बित संसद हरिनारायणप्रसाद रौनियारको नाम पनि कर नतिर्नेको सूचीमा छ। उनको निर्माण सेवा कम्पनी पप्पु कन्सट्रक्सनका नाममा मूल्य अभिवृद्धि कर बक्यौता छ। यसैगरी नेपाल क्यान्सर अस्पतालको नाममा पनि कर बक्यौता छ।

कार्यालयका अनुसार केही कम्पनीको आयकररमूल्य अभिवृद्धि कर दुवै बक्यौता छ। केहीको आयकर मात्रै र केहीको मूल्य अभिवृद्धि कर बक्यौता रहेको कर कार्यालयले जनाएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा