८ आश्विन २०७८, शुक्रबार
समाचार

प्रधानमन्त्रीलाई रोक्न विप्लव समूहको धादिङ बन्द, बन्द गराउँदै हिँड्ने एक पक्राउ

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १३:०१


विप्लव_समूह

धादिङ । नेत्रविक्रम चन्द समूहले आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव समूहले आयोजना गरेको बन्दलाई सफल बनाउन भन्दै बेनिघाट रोराङको जोगिमारामा भेला हुँदै गरेको थाहा पाएपछि प्रहरीले गम्बे उपनामका धनबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

चन्दसमूहले सोमबार प्रधानमन्त्री केपी ओलीको गल्छी मासटारमा अप्टिकल फाइबर सूचना मार्ग शिलन्यास कार्यक्रम बिथोल्न धादिङ बन्दको आयोजना गरेको हो ।
धादिङमा बन्दको प्रभाव न्यून छ । प्रहरीले स्कर्टिङ गरेर राजमार्ग सुचारु गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता