७ आश्विन २०७८, बिहीबार
समाज

महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १३:१३


काठमाडाैँ। प्रतिनिधिसभाको आजको बैठकमा “महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५” पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन् ।

त्यसैगरी मन्त्री ढकालले “नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” पेश गरेका हुन् ।

बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष (आव) ०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५/७६ पेश गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा