३१ भाद्र २०७८, बिहीबार
प्रवास

एनआरएनए अमेरिकाको अध्यक्षमा दोब्बर मतले सुनिल कुमार साह विजयी

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १४:०६


अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा आफ्ना दुई प्रतिस्पर्धीलाई दोब्बर मतले पछाडि पार्दै सुनिल कुमार शाह विजयी भएका छन् ।

कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दिलाई फराकिलो मतान्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १७ सय ९७ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सन्जाय थापाले १५ सय ५४मत प्राप्त गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडेले झिनो मत अन्तरले जीत हासिल गरेका छन् । त्यस्तै त्रिपक्ष प्रतिस्पर्धा हुने अनुमान गरिएको महासचिवमा सियाटल निवासी पशुपति पाण्डेले नतिजा आफ्नो पक्षमा पारेका छन् ।

क्षेत्रीय उपाध्यक्षहरुमा बिआर लामा, कृष्ण जी वी पन्त,सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् । सचिवमा अमृत कटेलले जीत निकालेका छन् । त्यस्तै कोषाध्यक्षमा नेत्र बन्धु पोखरेलले जीत हासिल गरेका छन् । सहकोषाध्यक्षमा सन्तोष विष्टले जीत हासिल गरेका छन् ।

महिला संयोजकमा दीक्षा बस्नेतले जीत हासिल गरेकी छन् । एनआरएनए अमेरिकाको यो निर्वाचन परिणामले आइसीसीको आसन्न निर्वाचनलाई समेत प्रभाव पार्ने संभावना छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा