७ आश्विन २०७८, बिहीबार
समाचार

‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र “प्रहरी समायोजना विधेयक,२०७५” सदनमा पेश

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १४:०१


बीमासम्बन्धी विधेयकमा दफावार छलफल जारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा “औद्योगिक व्यवसाय विधेयक, २०७५” प्रस्तुत गरेका छन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी समेत िदए ।

मन्त्री यादवले सदनमा पेश गरेको विधेकका सम्बन्धमा सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ पेश हुँदा बहुमत सदस्यले अस्वीकृत गरेको थियो ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले “प्रहरी समायोजना विधेयक,२०७५” सदन समक्ष पेश गरे । नेपालको संविधानको धारा ३०२ को उपधारा दुई अनुसार सदन समक्ष उनले सो विधेयक पेश गरेका हुन् ।

विधेयकका सन्दर्रभमा सदनलाई जवाफ दिदैं मन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विधेयक आवश्यक रहेको जानकारी गराएका िथए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा