८ आश्विन २०७८, शुक्रबार

महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ : नेपाल

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १४:४७


Madhav-Kumar-Nepal

दाङ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।

उनले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको गुनासो पोखे । दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने,‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन, पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता