७ आश्विन २०७८, बिहीबार
खोज / विशेष

मुलुकको अर्थतन्त्र भयावह, सबै सूचकाङ्क निराशातर्फ

शोधनान्तर घाटा ६५ अर्ब नजिक, व्यापार घाटा १० खर्ब नाघ्यो

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार १८:२८


लकडाउनका कारण हेटौँडाको औद्योगिक क्षेत्रमा दैनिक रु ३० करोड घाटा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम नौ महिनाको समग्र आर्थिक स्थितिको चित्रणसहितको प्रतिवदेन सार्वजनिक गरेको छ । अर्थतन्त्रको समग्र अवस्थाको मापन गर्ने शोधनान्तर कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको प्रथम नौ महिनामा १४ अर्ब ६० करोड रुपियाँमा सीमित रहेको शोधनान्तर घाटा चालु आर्थिक वर्षको सोही अवधिमा ६४ अर्ब ६८ करोड पुगेको राष्ट्र बैंकले जनाएकोछ । आयातको तुलनामा निर्यात वृद्धि हुन नसक्दा व्यापारघाटामा करिव २२ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै सेवा व्यापारतर्फको व्यापारघाटाले पनि रु १० अर्ब नाघेको छ ।

nine-month-report

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

२०७५ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलब ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलब ३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २०७५ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलब ८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु निर्यात १६ दशमलब ९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलब २ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २८ दशमलब ९ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलब ० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५ दशमलब ७ प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत रहेको थियो। गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलब७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५ दशमलब ८ प्रतिशत रहेको थियो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति २०७५ चैत महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ६ दशमलब२ प्रतिशत, पहाडमा ४ दबमलब८ प्रतिशत, काठमाडौं उपत्यकामा ४ दबमलब ७ प्रतिशत र तराईमा ४ दबमलब ० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७ दशमलब ० प्रतिशत, ६ दशमलब ० प्रतिशत, ४ दशमलब ३ प्रतिशत र ५ दशमलब ७ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७५ चैत महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४दशमलब४ प्रतिशत र भारतको २ दशमलब ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ५दशमलब३ प्रतिशत र भारतको ४ दशमलब ६ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति २०७५ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४ दशमलब ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २दशमलब२ प्रतिशत रहेको थियो ।

वैदेशिक व्यापार
आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु निर्यात १६ दशमलब ९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलब २ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २८ दशमलब ९ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलब ० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५ दशमलब ७ प्रतिशतले कमी आएको छ ।

र याे पनि… बजेटमार्फत निजी क्षेत्रलाई तर्साउँदै ओली सरकार, आन्तरिक ऋण उठाउँदा फेरि तरलता अभावको सिर्जना

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु आयात २१ दशमलब ३ प्रतिशतले बढेर १ हजार ६१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलब ५ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १९ दशमलब२ प्रतिशत, चीनबाट ३५ दशमलब ३ प्रतिशत र अन्य मुलुकबाट १९ दशमलब ० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २१ दशमलब ६ प्रतिशतले विस्तार भई नौ सय ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६दशमलब६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६दशमलब८ प्रतिशत रहेको थियो ।

सेवा व्यापार
समीक्षा अवधिमा खुद सेवा आय १० अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय दुई अर्ब ९३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई ५४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ५० अर्ब ३० करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत पर्यटन व्यय समीक्षा अवधिमा १६ दशमलब ४ प्रतिशतले वृद्धि भई ६७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ३५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पर्यटन व्यय ५८ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

goods-trade

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २० दशमलब ९ प्रतिशतले वृद्धि भई छ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलब ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलब ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० दशमलब ९ प्रतिशतले वृद्धि भई सात खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा १४ अर्ब ६० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा जम्मा १४ करोड ४१ लाखले घाटामा थियो । समीक्षा अवधिमा ५६ करोड ८३ लाखले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलब३ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९ दशमलब ३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६दशमलब८ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४दशमलब६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ दशमलब १ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई दुई खर्ब चार अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब७२ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा एक अर्ब ६८ करोड रुपैयाँ रहेकोमा चालु खाता घाटा समीक्षा अवधिमा एक अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा १४ अर्ब ६० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा जम्मा १४ करोड ४१ लाखले घाटामा थियो । समीक्षा अवधिमा ५६ करोड ८३ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब १० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियोे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा