७ आश्विन २०७८, बिहीबार
वाणिज्य बैंक

जनता बैंकमा खाता छ ? ह्याम्स अस्पतालबाट लिनुस् विशेष छुट

प्रकाशित मिति :  ६ जेष्ठ २०७६, सोमबार २०:३९


janata-bank-hams

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् ।

सझौता अनुसार जनता बैंकमा खाता भएका, ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा