७ आश्विन २०७८, बिहीबार

पूर्वसासंद र राजपा केन्द्रीय सदस्य जेल चलान

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार ०७:३७


राजविराज । पूर्वसासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज, सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा दायर दुई फरक फरक मुद्दामा उनीहरु सोमबार जेल चलान भएका हुन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासमा आइतबार र सोमबार भएको थुनछेकको बहसपछि यादव र मण्डललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो ।

सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरी उपभोक्ता समिती गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।

उक्त प्रकरणमा पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइतलाई ४ लाख रुपैयाँ धरौटी लिने आदेश भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।

यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन सम्बन्धि मुद्दामा यादव, मण्डल र गोइतसँगै प्रतिवादी बनाइएका दिलिपकुमार दास र रामाकान्त ठाकुरको हकमा अदालतले २ लाख ५० हजार रुपैयाँका दरले धरौटी लिने आदेश गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा