सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ : शाह
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १६:५१:२५
सिन्धुली । नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली कांग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताएका छन् ।
सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उनले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताएका हो । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सरकार अलोकतान्त्रिक भएको र जनभावनाविपरीत विभिन्न गतिविधि गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउन काङ्ग्रेसले रचनात्मक भूमिका खेल्ने बताएका छन् ।
सरकारले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने उनले बताए । विधेयकको विरोध नेपाली काङ्ग्रेसले खुलेर गरेको र पत्रकारको हकहितका लागि आफ्नो पार्टी पत्रकारसँगै रहनेसमेत बताए।
जनतालाई आतङ्कित बनाएको भन्दै उनले प्रेस स्वतन्त्रता नभए पञ्चायत, राणाकालभन्दा पनि डरलाग्दो अवस्थामा यो सरकारले देशलाई लैजान लागेको बताउँदै अराजकतासँगै मुलुकलाई अस्थिरतातिर लैजाने अहङ्कारको खिलाफमा देशभर काङ्ग्रेसले जागरण अभियान चलाएको उनले स्पस्ट पारे ।
उनले अहिले देशमा भ्रष्टाचार, अत्याचार बढ्दै गएको सुशासन कायम नभएको समेत बताए । सरकारका बेथितिविरुद्ध नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण अभियान शुरु गरेकाले साथ दिन समेत उनले आग्रह गरे।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार