‘हनुमान’ भर्तीको आशाले नेविसङ्घ नेतृत्वविहीन
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १८:२५:४०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नर्सरी संस्था नेपाल विद्यार्थी सङ्घ यतिबेला नेतृत्वविहीन अवस्थामा रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवासहित नेविसङ्घ हेर्ने जिम्मेवारी पाएका पार्टीका सहमहामन्त्री प्रकाशशरण महत लगाएतका नेताहरुले नेविसङ्घले छिट्टै नेतृत्व पाउने बताउँदैै आ्रएपनि उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा नेताहरुको विवादका कारण नेतृत्वविहिन बनेको नेविसंघका नेताहरु बताउछन् ।
महाधिवेशन गर्न नसकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११औँ निर्वाचित कार्यसमितिले राजीनामा दिएपछी अहिलेसम्म नेविसङ्घले अर्को नेतृत्व पाउन सकेको छैन ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन पाएपछि सभापति देउवाले महर नेतृत्वको कार्यसमिति भङ्ग गरे । तर अहिले पौडेलले तदर्थ समितिको संयोजक आफूनिकट नेताले पाउनुपर्ने अडान राखेपछि देउवा समस्यामा परेका छन् ।
यता, सभापति देउवा निकट मानिएका नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाँण, लगाएतलेले पनि आफूनिकट नेताहरुलाई नेतृत्वमा ल्याउन दबाब दिइरहेका छन् भने नेता कृष्ण प्रसाद सिटौला लगाएतको टोली पनि छुट्टै दाउ कुरेर बसेको बुझिएको छ ।
यता नेविसंघको नेतृत्व नआउनुमा पार्टीका शिर्षस्थ नेताहरुको कमजोरी रहेको संघका निवर्तमान अध्यक्ष नैनसिंह महरको कथन छ। पार्टी पराजित भएपछि पार्टीसँगै नेविसङ्घमा पनि विग्रह सुरु भएको र नेविसंघलाई नेताहरु आफु मातहतमा मात्रै सञ्चालन गर्न खोज्दा आफूहरुले समयमा महाधिवेशन गर्न नसकेको उनको आरोप छ ।
नेपाल विद्यार्थी संघको नेतृत्व तदर्थ समिती मार्फत ल्याएर महाधिबेशन सम्पन्न गर्ने भन्ने देखिएपछी अधिकांश विद्यार्थी नेताहरु शिर्षस्थ नेताको चाकडीमा नै लागेको पाइएको छ ।
आफूनिकट विद्यार्थीनेताहरुलाई नेतृत्वमा ल्याउने होड चलिरहेको छ यतिबेला भलै देशको एउटा इतिहास बोकेको पार्टीको भातृ संस्थाको अवको बागडोर कसले पाउछ र यो कता जान्छ त्यो भने हेर्न बाँकी नै छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार