Advertisement

काठमाडौं । नेपाल नर्सिङ संघले नर्सिङ क्षेत्रको सुधारको माग राख्दै १२ दिनदेखि अनशनरत् नर्स जिता बरालको माग पूरा गर्न आग्रह गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले नर्सहरुलाई तलबबिना नै काममा लगाउने प्रथाको अन्त्य गराउन सरकारसमक्ष आग्रह गरेको हो ।

नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आन्दोलनरत् नर्सले उठाएका माग सम्बोधन नभए संघ पनि आन्दोलनमा उत्रने चेतावनी दिए । सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ ।

Advertisement

उनले नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभुति पनि नभएको भन्दै नर्सहरुमाथि अत्याचार कायम नै रहेको पनि गुनासो गरे । सरकारले देशभरिका नर्सहरुको हकहित र भोग्दै आएका समस्याहरुको सम्बोधन हुनेगरि जारी गरेका मागहरु लागु हुनुपर्ने उहाले बताए ।

यसअघि, भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा रहेका नर्सहरुलाई हटाउने गरी लोकसेवाको विज्ञापन निकालेको विरोधमा केन्द्रमा कार्यरत् नर्स डिकी शेर्पा अनशनमा बसेकी थिइन् ।

Advertisement