७ आश्विन २०७८, बिहीबार
राजनीति

ओली सरकारले एक वर्षको अवधिमा हावा गफमात्रै गर्यो : गगन थापा

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार १७:४१


नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ

पाल्पा । नेपाल महिला संघ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा भएको काँंग्रेस जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा दुई तिहाईको बलियो सरकारले एक वर्षको अवधीमा काम गर्न नसकेको मात्र हावा गफ गरेर विताएको बताएका छन् ।

नेता थापाले ईतिहासकै बलियो नेकपाको सरकार रहेको अवस्थामा ठुला ठुला विकासका कामहरु गरेर देखाउने समयमा सामान्य काम समेत गर्न नसकेको आरोप लगाए ।

सरकारले नेपाली जनतालाई विकासको प्रत्याभुती दिलाएर खुसी र सुखी दिन नसकेको बताउँदै अझैपनि लोकतन्त्रको अनुभुती गर्न नपाएको उनले बताएका छन् ।

प्रधानमन्त्रीले गणतन्त्र नमान्दा मुलुकको अस्तित्व गुम्ने अवस्थामा रहेको बताउँदै प्रधानमन्त्रीले उखानटुक्का बोलेर समय बर्बादी गर्नुभन्दा विकासका कामहरु गरेर नेपाली जनताको मुहारमा खुशीको आभाष दिलाउन नेता थापाको आग्रह छ ।

संघीयता धरापमा रहेकाले राष्ट्रपति सडकमा आए गणतन्त्रको परिवर्तन नै गुम्ने खतरा रहेकाले सडकमा नआउन नेता थापाले अनुरोध पनि गरे । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक संसोधन हुनुपर्ने बताउँदै सबै अधिकार प्रधानमन्त्रीले लिन खोजेको उनले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा