३१ भाद्र २०७८, बिहीबार

अभद्र व्यवहार र हैरानी विरूद्ध सचेतना

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार १८:३०


स्याङ्जा । स्याङ्जा प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार स्याङ्जा पु.व.न.पा- १ स्थित श्री त्रिभुवन आदर्श उ.मा.वि.मा अभद्र व्यवहार र हैरानी विरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कक्ष ९ र १० मा अध्ययनरत ७४ जना विद्यार्थीहरूलाई शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी बिरूद्ध ूनेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयमै गएर सचेतना सम्बन्धी जानकारी गराइएको कार्यक्रम प्रहरी सहायक निरीक्षक प्रविन भट्टराईले सञ्चालन गरेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा