३१ भाद्र २०७८, बिहीबार

पहिरोले बीपी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार २०:३९


सिन्धुली । आँधीहुरीसहितको वर्षात्‌का कारण बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्क नजिक सडकमा पहिरो जाँदा मंगलबार साँझबाट यातायात अवरुद्ध भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको चार स्थानमा पहिरो खसेको छ । पहिरो हटाउन मेसिन खोजिरहेको उनले बताए ।

काठमाडौं जाने र बाहिरिने सयौं सवारी साधन यतिखेर पहिरो पन्छाउने पर्खाइमा छन् । पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा