८ आश्विन २०७८, शुक्रबार

ललितपुरका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार २२:३४


ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । मंगलबार उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ ।

आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उहाँको शल्यक्रिया गरेको उनले बताए ।

शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिनुभएको जानकारीअनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा