७ आश्विन २०७८, बिहीबार
समाज

आज देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने अनुमान

देशभरी तापक्रम बढेर जनजीवन प्रभावित

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार ०८:३०


काठमाडौं । काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसअघि गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता घटबढ हुँदै मंगलबार ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो ।

यसअघि २०४६ साल वैशाख २५ गते काठमाडौंको तापक्रम अहिलेसम्मकै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

केहिदिनयता पानी नपर्दा देशभरीकै तापक्रम बढेर जनजीवन प्रभावित भएको छ । बुधबार भने धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको असरले अहिले सफा रहेको ठाउँको मौसम पनि बुधबार बदली भई देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार यसकै प्रभावले बिहीबार पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । केही ठाउँमा असिना पनि पर्ने उनको अनुमान छ ।

मौसमविद्का अनुसार सामान्यतया प्रिमनसुनमा बिहान मौसम सफा भएपनि दिउँसोपछि स्थानीय वायुको असरले मौसम बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित बेलुकीतिर पानी पर्ने गर्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा