७ आश्विन २०७८, बिहीबार

विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार ०९:००


जाजरकोट । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ ।

कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको शान्ति सुरक्षामा दक्खल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए ।

यसभन्दा अगाडि विप्लव समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन् । प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै जैशीलाई पक्राउ गरिएको खत्रीले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा