७ आश्विन २०७८, बिहीबार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार ०९:२०


सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ को खनियाँखर्क नजिक पहिरो खखेर अवरुद्ध भएको सडकमा खुलेको छ ।

आँधीहुरी सहित भएको वर्षातका कारण ४ ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको ४ स्थानमा खसेको पहिरो मेसिन प्रयोग गरी पन्छाएपछि सवारीसाधन गुड्न थालेको हो ।

पूर्वी नेपालबाट राजधानी काठमाडौंसँग जोडिने यो छोटो वैकल्पिक मार्ग हो । गाउँमा सडक लैजानका लागि जथाभावी ट्र्याक सडक खोल्दा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा