८ आश्विन २०७८, शुक्रबार

सीपीएल ड्राफ्ट आज, अटाउलान नेपाली खेलाडी

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार ११:५३


nepal cpl

काठमाडौं ।  (क्यारेवियन प्रिमियर लिग (सीपीएल) ड्राफ्ट आज हुँदैछ । लण्डनमा हुन लागेको सिपीएल ड्राफ्टमा ४ जना नेपाली खेलाडीको पनि नाम रहेको छ ।

जसमा गएको सिजनमा विश्वका अधिकाशं ट्वान्टी–२० लिग खेल्दै चर्चा कमाउन सफल सन्दीप लामिछानेसँगै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित कूमार पौडेल छन् ।

सन्दीपले अघिल्लो सिपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रीयटबाट खेलेका थिए । सन्दीपले खेलेसँगै नेपाली थप ३ जना खेलाडीको नाम पनि ड्राफ्टमा अटाएको हो । नेपाली क्रिकेट प्रशंसकका लागि निकै प्रतिक्षारत क्षण बनेको छ ।

ड्राफ्टमा ५ सय ३६ खेलाडीको नाम छनोट गरिएको छ । सीपीएलमा ६ टोली रहेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता