८ आश्विन २०७८, शुक्रबार
विदेश

एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार ११:५१


एजेन्सी । संयुक्तराष्ट्र संघीय आप्रवासन निकाय ‘आइओएम’ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ ।

यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन् । आइओएमले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार १८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ ।

इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरु स्वदेश फर्किएको बताइएको छ । यसैबीच, पाकिस्तानबाट नौ हजार ५१९ जना तथा युरोपेली मुलुकहरुबाट ७१५ जना अफगानी स्वदेश फर्किएका छन् ।

अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकहरुबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा