राप्रपा केन्द्रीय समिति बैठक काठमाडौंमा
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार १८:२४:१४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ ।
बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको नेता देवेन्द्र प्रधानले जानकारी दिए ।
उनका अनुसार यही जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
संसद्मा प्रस्तुुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका सांसदलाई सल्लाह, सुझाव दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति गठन गरिएको छ ।
पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यसैबीच पार्टीले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका विवादास्पद प्रावधानलाई सम्बन्धित पक्षसँग छलफल गरेर संशोधन गर्न सरकारसँग माग गरेको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको मङ्गलबार सम्पन्न बैठकले सरकारले संसद्मा प्रस्तुत गरेको उक्त विधेयकका केही दफाले पत्रकारका हक, हित र स्वतन्त्रतालाई कायम गर्न नसक्ने ठहर गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार