३१ भाद्र २०७८, बिहीबार
समाचार

विद्मुत प्राधिकरणलाई निःशुल्क जग्गा

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार १४:२७


सङ्कटमा सारथी बन्दै स्थानीय तह, कतै राहत कोष, कतै फुड बैङ्क सञ्चालन

बाग्लुङ ।  नेपाल विद्मुत प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड मुल्यको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गरेका हुन् ।

उनले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्मुत प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण गरे । “शाखा कार्यालय बनाउन जग्गा अभाव भएपछि निःशुल्क दिने निर्णय लिएँ, समयमै भवन निर्माणको काम अघि बढ्ने विश्वास छ”, उनले भने ।

भवन निर्माणका लागि केन्द्रबाट बजेट व्यवस्थापनका लागि पहल गरिने केन्द्रका प्रमुख पाण्डेले बताए । गलकोट नगरपालिका र आसपासका क्षेत्रमा विद्मुत प्राधिकरणको कुनै प्रशासनिक एकाइ नहुँदा हरेक कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ । शाखा कार्यालय स्थापना भएपछि प्राधिकरणको दैनिक सेवा प्रवाहदेखि अन्य सुविधा गाउँ तहसम्म विस्तार हुने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा