भ्रष्टाचारबिरुद्ध तरुणदल स्याङ्जाको मोटरसाईकल र्याली
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार २०:३२:६
स्याङ्जा । नेपाल तरुणदल स्याङ्जाले भ्रष्टाचार विरुद्ध ३५ किलोमिटर मोटरसाईकल र्याली गरेर विरोध प्रदर्शन गरेको छ ।
सत्तारुढ दल र सरकारले गरेको भ्रष्टाचार विरुद्ध तरुणदल स्याङ्जाले मोटरसाईकल र्याली गरेर विरोध जनाएको हो । तरुणदल स्याङ्जाले वालिङ मोडबाट शुरु गरेको मोटरसाईकल र्याली स्याङ्जा सदरमुकाममा पुगेको थियो ।
र्यालीको उदघाटन र कोणसभामा सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले अधिनायकवाद लादेर सरकार भ्रष्टाचार गर्नमा तल्लीन हुन थालेको आरोप लगाए ।
काँग्रेसले शुरु गरेको गाँउ जनजागरण अभियान सगै पार्टीका भातृ संगठनहरुले पनि सरकारले गरेको भ्रष्टाचार, महङ्गी, हत्याहिंसा विरुद्ध चर्को आवाज उठाउने अभियान रहेको भट्टराईले बताए ।
ठुला ठुला भ्रष्टाचार गर्ने सत्तारुढ दलका नेता तथा कार्यकर्तालाई संरक्षण गर्दै सरकारले भ्रष्टाचारलाई शुन्यमा झार्ने नारा मात्रै भएको भट्टराईले बताए ।
काँग्रेसको गाँउ जागरण अभियानमा स्याङ्जा खटिएका केन्द्रीय सदस्य भट्टराईले पार्टीका भातृसंगठन र शुभेच्छुक संस्थाहरुसगँ अन्तरक्रिया गर्दै आएको जानकारी दिए ।
पछिल्लो समय सरकारले मिडिया काउन्सिल विद्येयक संसदमा दर्ता गर्न लागेको प्रति आक्रमक हुदै नेता भट्टराईलाई जनताको सुचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजीको आरोप लगाए । गाँउजागरण अभियानले काँग्रेसका कार्यकर्तामा उत्साहा थपिएको बताउदै सरकारले गरेका कर्तुतको पर्दाफास गर्न र पार्टीले अख्तियार गरेको रणनीतिलाई गााउ—टोल सम्म पुर्याउन भट्टराईले आग्रह गरे ।
कोणसभामा गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठ, तरुणदल जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्ल, नेपाली काँग्रेसका कार्यबहाक सभापति कुमार राना, महिला नेतृ तथा महासमिति सदस्य हिरादेवी शर्मा, सचिव चन्द्र राना लगायतका बक्ताले कम्युनिष्ट सरकारले नेपाली जनतालाई आशा लाग्ने खालका काम नगरेको आरोप लगाएका थिए ।
सरकारले भ्रष्टाचार र सरकारी सम्पती हडप्नेलाई कारवाहि नगरे सम्म सडक आन्दोलन जारी रहने चेतावनी दिए । मोटर साकइृकल र्यालीमा जिल्ला भरका दुई सय तरुण युवाहरुको सहभागीता रहेको थियो ।
सरकार विरुद्धको विरोध यो यात्रा सांकेतिक मात्रै भएपनि तरुणदल स्याङ्जाले सरकार विरुद्ध भिन्न, भिन्न खालका विरोध कार्यक्रम गर्ने जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार