८ आश्विन २०७८, शुक्रबार
राजनीति

गृहमन्त्री थापा भन्छन्, ‘पाँचथर हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्छौ’

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार १५:०५


कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपङ्क्तिमा : गृहमन्त्री थापा
k|ltlglw;ef a}7s ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7ssf] ;d;fdlos ljifodf af]Ng’ x’Fb} u[xdGqL /fdaxfb’/ yfkf . tl:a/M /Tg >]i7, /f;;

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् ।

गृहमन्त्री थापाले घटनामा हत्या गरिएका नौ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ । त्यस घटनामा भागेर बाँच्न सफल १२ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

सोमबार राति भएकोसामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो ।

नौ जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दूरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले पारिवारिक रिसइबीका कारण माखिमले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा