८ आश्विन २०७८, शुक्रबार
विकास बैंक

महालक्ष्मी विकास बैंक २५ औं वर्षमा प्रवेश

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार ०७:२८


काठमाडौं । विकास बैंकका रुपमा आफ्नो उपस्थितिलाई आक्रामक र अब्बल सावित गर्न उन्मुख महालक्ष्मी विकास बैंक गत मंगलबारबाट २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।

25 years Anniversaryबैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरी २५ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

काठमाडौंस्थित दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको बैंकको काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरूको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्युरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी सम्पन्न गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौं महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरी दिएकोमा विशेष धन्यवाद दिँदै फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।

साथै बैंकको प्रधानकार्यलयमा रजत जयन्तीको सुखद उपलक्ष्यमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरू रुपेन्द्र पौडेलका साथसाथै राजेश रौनियारको पनि उपस्थिति रहेको थियो ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा