३१ भाद्र २०७८, बिहीबार
समाचार

आगलागीबाट एकै परिवारका ३ जनाको जलेर मृत्यु

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार ११:३१


गाई फार्ममा आगलागी आठ लाख ७० हजार बराबरको क्षति

बैतडी । सुतिरहेको समयमा घरमा आगो लाग्दा बैतडीमा बुधबार राती एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–७ बसर्पाकमा दलित परिवारका ३ जना सदस्यको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्चौंडाी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र ८ वर्षीया छोरा मनोज छन् ।

कुवाकोट घर भए पनि बसपार्कमा टहरा बनाएर बस्दै आएको लुहार परिवार बुधबार बेलुकाको खाना खाएर सुतेको थियो । बेलुकाको खाना पकाउन अगेनामा बालेको आगो ननिभाएका कारण सोही आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा