८ आश्विन २०७८, शुक्रबार
समाज

देशका अधिकांश भूभागमा तीन दिनसम्म हावाहुरीसहित वर्षा !

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार ११:४५


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ ।

देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली तथा थोरै स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना औंल्याइएको छ ।

शनिबारपनि केही भागमा बदली र अपरान्हपछि हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा