८ आश्विन २०७८, शुक्रबार
राजनीति

चुनावी परिणाम सुन्दा भारतमा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १२:५७


ratan

एजेन्सी । भारतमा केही दिन अगाडि सम्पन्न लोकसभा निर्वाचनको मतदान पछि अहिले मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले अधिकांश ठाउँमा अग्रता लिइरहेको छ ।

प्रारम्भिक चुनावी परिणामले सबैको धड्कन बढाइरहेका बेला मध्यप्रदेशमा भने कांग्रेस पार्टीका एकजना नेतालाई हृदयघात (हर्ट हट्याक) नै भएको छ ।

प्रारम्भिक चुनावी परिणाम सुन्दा भारतीय कांग्रेसको सिहोर जिल्लाका अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको थियो । हृदयघातपछि बोहेस भएका ठाकुरलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकहरुले उनको मृत्यु भइसकेको घोषणा गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा