७ आश्विन २०७८, बिहीबार
बैंकिङ बजार

लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच सम्झौता

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १४:१९


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरुमार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बिमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका बैक्यासुरेन्स विभागका प्रमुख प्रवीण खनाल र इन्स्योरेन्समा ठमेल शाखा प्रमुख सुबोध ढुंगेलको उपस्थिति थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा