८ आश्विन २०७८, शुक्रबार

सङ्घीयताको सवालमा ओली सरकारले लापरवाही गर्यो : वरिष्ठ नेता पौडेल

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १४:५८


लोकतन्त्रलाई बलियो बनाउन इमान्दार भएर लाग्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ ।

शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।” आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।“हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो”, उनले भने, “अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।”

नेता पौडेलले बिहीबार बिहानै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका आमा दुर्गादेवी पन्तलाई घरमै पुगेर भेट गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता