७ आश्विन २०७८, बिहीबार

गरिमा विकास र महालक्ष्मी लाईफबीच बैंकान्स्योरेन्स सम्झौता सम्पन्न

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १८:३४


mahalaxmi-garima

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मिति २०७६ जेष्ठ ९ गते बिहीबार आयोजित एक कार्यक्रममा गरिमा विकासको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात गरिमा विकासले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

काठमान्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकासको काठमान्डौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने नायब महाप्रबन्धक/कम्पनी सचिव माधवप्रसाद उपाध्यायले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा