८ आश्विन २०७८, शुक्रबार

एकतिस लाख नगदसहित दुई जना पक्राउ

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १९:११


काठमाडौं । महानगरीय प्रहरीवृत्त नयाँ वानेश्वरले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा १४ च ८९५९ नंको सवारी जाँचका क्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता