८ आश्विन २०७८, शुक्रबार

कांग्रेस सभापति देउवाले कसलाई दिए शुभकामना !

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार २१:२५


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका छन् ।

नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आउँदो दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुवै पार्ट बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गरेका छन्।

भारतमा बीजेपीले फेरि एकपटक सरकार बनाउने भएको छ । भर्खरै सम्पन्न लोकसभा चुनावको मतपरिणामअनुसार बीजेपीले झण्डै ३ सय सिटमा जित हात पार्ने भएको छ । भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा