७ आश्विन २०७८, बिहीबार
विदेश

भारतमा मोदीको ऐतिहासिक जित, फेरि ५ वर्ष मोदी शासन पक्का !

अहिलेसम्म कसको कति सिट ?

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार २२:३७


एजेन्सी । लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ ।

जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्‍याउन सकेन ।

नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश गुजरातमा भारतले क्लिन स्वीप गर्‍यो ।

भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ । तमिलनाडूमा भने यो पटक मोदीको जादू चलेन । त्यहाँ उसले एक सिट पनि नजित्ने देखिएको छ । केरालामा पनि भाजपाले एक सिट पनि जित्न सकेन ।

लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् । दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरे । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताए । साथै दोस्रो पटक जितेपछि अम्रता नगुमाउने बताए ।

कसको कति सिट ?

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ३९ स्थानमा बिजय हासिल गरेको छ ।

भाजपाले अन्य १६९ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ४८ स्थानमा अग्रता रहेको छ । यस्तै बहुजन समाज पार्टी र समाजवादी पार्टीको गठबन्धनले ८ स्थानमा जित र ८ स्थानमै अग्रता बनाएको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले ८ स्थानमा विजयी बनेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी ९माक्र्सवादी्र० ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो । लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा