३१ भाद्र २०७८, बिहीबार

समस्याबाट पार्टीलाई मुक्त गराउनुपर्छ : वरिष्ठ नेता पौडेल

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार ०६:३०


लोकतन्त्रलाई बलियो बनाउन इमान्दार भएर लाग्नुपर्छ

डडेल्धुरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कमीकमजोरी र व्यक्तिवादी सोच हटाइ पार्टी बलियो बनाउन लाग्नुपर्ने बताए ।

कार्यकर्ता भेटघाटका क्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला हुँदै आज डडेल्धुरा पुगेका वरिष्ठ नेता पौडेलले काङ्ग्रेस विभिन्न कारणले समस्यामा परेकाले त्यसबाट पार्टीलाई मुक्त गर्नुपर्ने उनको भनाइ थियो ।

आन्तरिक मतभेद र कार्यकर्ताको उचित मूल्याङ्कन नहुँदा सबै तहका चुनावमा हार व्योहार्नु परेकाले अब सबैले सुधार गरेर अघि बढ्नुपर्ने नेताहरुले सो अवसरमा माग गरे ।

नेता पौडेल र पार्टी सभापति शेरबहादुर देउवाले मतभेद हटाई पार्टी एकढिक्का बनाएर जानुपर्ने डडेलधुरा र सुदूरपश्चिमका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले जोड दिएका थिए ।

पार्टी बलियो बनाउन सभापति देउवा र वरिष्ठ नेता पौडेल एकै गाडीमा कार्यक्रमस्थल पुगी सम्बोधन गरे मात्रै मिलेको आभास हुने डडेल्धुरा काङ्ग्रेसका सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा