७ आश्विन २०७८, बिहीबार
समाज

आजदेखि आइतबारसम्म मेघगर्जनसंगै हावाहुरीसहित वर्षाको अनुमान

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार ०७:५४


काठमाडौं । पछिल्लो समय मौसमले साथ दिइरहेको छैन । मौसम पूर्वानुमान महाशाखाले मेघगर्जनसंगै हावाहुरीसहित वर्षाको अनुमान गरेको छ ।

बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम बिग्रिएको छ । अन्य क्षेत्रमा पनि मौसम बिग्रिएको महाशाखाले जनाएको छ ।

महाशाखाले देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

त्यस्तै बाँकी भूभागमा आंशिक बदली रही देशका पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

रातिसमेत मौसमले सताउने महाशाखाले जनाएको छ । राति पनि मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसममा आइतबारसम्मै चुनौती रहेको महाशाखाले जनाएको छ । शनिबार पनि केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा