८ आश्विन २०७८, शुक्रबार

उपराष्ट्रपति आइतबार अष्ट्रिया जानुहुँदै

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार ११:३७


काठमाडौं । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाँदै छन्।

यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहेका छन् ।

उपराष्ट्रपति पुन सोमबार भियना अन्तरराष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ ।

सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ । उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्किनेछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा