७ आश्विन २०७८, बिहीबार

‘जि–२०’ को बौद्धिक समूह बैठकलाई डा.महतले सम्बोधन गर्ने

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार ११:४५


काठमाडौं । विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापीरूपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत गए राति जापान गएका

जापानको राजधानी टोकियोमा आजदेखि चार दिनसम्म ‘मे २४ देखि २७’ सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले जि–२० लाई आवश्यक सुझाव दिनका लागि बनेको उक्त बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

जि–२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरुको समाधानका लागि आवश्यक सुझावहरु संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो ।

सहमहामन्त्री डा.महतले ती चुनौतीहरुको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायतका विषयमा नेपालजस्तो अति कम विकसित राष्टहरुका तर्फबाट धारणा राख्ने छन् । सो बैठकमा जि–२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरुको सहभागिता हुने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा